दफा १२
विदेशी मुद्रा सम्बन्धी सुविधा

(१) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएतापनि केन्द्रले नेपालभित्र वा अन्य कुनै पनि विदेशी मुलुकमा विदेशी मुद्राको कोष
तथा खाता राख्न र सञ्चालन गर्न तथा त्यस्तो कोष नेपालभित्र वा बाहिर वा एक मुलुकबाट अर्को मुलुकमा सार्न वा आदान प्रदान गर्न र एक प्रकारको विदेशी मुद्राबाट अर्को प्रकारको मुद्रामा परिणत गर्न सक्नेछ ।

(२) केन्द्रले उपदफा (१) अनुसार प्राप्त सुविधा उपभोग गर्दा अपनाउनु पर्ने कार्यविधि नेपाल सरकार र केन्द्रले आपसी छलफलद्वारा निर्धारण गरे बमोजिम हुनेछ ।